नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ




रामकुमार श्रेष्ठ –

नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ परेका छन् ।




इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी १ निवासी ६२ बर्षीय पुरुष सुकबहादुर विक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

उनले घर कोही नभएको बेला किशोरीलाई बलात्कार गरेको जानकारी प्राप्त हुने साथ प्रहरीले विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

्प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र पीडित किशोरीलाई आमाको जिम्मा लगाइएको जनाएको छ ।

पोखरामा बालबिबाह मुद्दामा फरार २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले बालबिबाह मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ दाखिला गर्न फैसला गरेको थियो । त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ५ सय रुपैयाँसहित २ सय भुक्तान गर्न बाँकी छ ।

सोही ठाउँकी विनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न बाँकी छ ।

फरार सूचीमा रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पोखरा १, हरिचोकबाट फागुन १६ गते पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...