नेपाल राष्ट्रिय शिक्षक संगठन कावासोतीको नगर परिषद
कावासोती ११ जेष्ठ
नेपाल राष्ट्रिय शिक्षक संगठन कावासोती नगर समितिको प्रथम नगर परिषद शनिबार कावासोतीमा सम्पन्न भएको छ । संगठनका नगर अध्यक्ष टीकाराम डुम्रेको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वी नवलपरासीका जिल्ला अध्यक्ष नरदेव न्यौपानेको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको हो ।
कार्यक्रममा नगर अध्यक्ष डुम्रेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे भने कोषाध्यक्ष अम्बिका तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष सीता पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल शिक्षक महासंघ पूर्वी नवलपरासीका सचिब कृष्णराज सिग्देल, संगठनका पूर्व जिल्ला अध्यक्ष शिवप्रसाद देवकोटा, संगठनका गण्डकी प्रदेस सदस्य हरिप्रसाद न्यौपाने , जिल्ला उपाध्यक्ष पिताम्बर दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संगठनका नगर सचिब दिपक सुवेदीले गर्नुभएको थियो ।