काँग्रेस निकट लोकतान्त्रिक जनजाति महासंघ नवलपुरको सभापतिमा पुन इन्द्र फाल निर्वाचित




नवलपुर । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजााति महासंघ नवलपुरको सभापतिमा पुन इन्द्र फाल मगर निर्वाचित भएका छन् ।

आज डण्डामा भएको जिल्ला अधिवेशनबाट इन्द्र फाल मगरको सभापतित्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । जसको उपसभापतिमा पदमबहादुर राना मगर, प्रेमबहादुर राना मगर, सचिवमा झेडीबहादुर महतो, चित्रबहादुर थापा, सहसचिवमा गणेश गुरुङ, पञ्चमाया चितौरे सर्वसम्मत निर्वाचित भएका छन् ।




त्यसैगरी सदस्यहरुमा सम्मरबहादुर दरै, भिमबहादुर राना, लिलाकुमारी थापा, शान्ति खण्डलुक, नन्दकुमार गुरौं, हिराकुमार थरुनी, तेजकुमार श्रेष्ठ लगायत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रुद्रसिंह गुरुङ, मिनबहादुर गुरुङ, विष्णुबहादुर राना, विफला थारु, जसबहादुर कुमाल, कुलबहादुर कुमाल, टकबहादुर राना, भिमचन्द्र गुरुङ, लेखबहादुर महतो चयन भएका छन् । बाँकी सदस्यहरु पछि मनोनित गरिने जनाइएको छ ।



सम्बन्धित
Loading...