नयाँ सत्ता समीकरण : सेयर बजारमा उत्साह, पहिलो घण्टामा ७६ अङ्कको वृद्धि




काठमाडौँ । राजनीतिक सत्ता समीकरण परिवर्तनको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार बजार खुलेको केही समयमा नै नेप्से सूचक झन्डै ४ प्रतिशतले बढ्न पुगेको छ ।

आजको बजारमा प्रि-ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही मिनेटमा नै सूचक ७९ अङ्कमाथिले बढेर २ हजार ३९ अङ्कमाथि पुगेको हो ।



बिहान १०ः५० बजे १९ सय ७६ अङ्कमा रहेको नेप्से सूचक खुलेको १० मिनटमा नै १२ अङ्कले बढेर १९ सय ८८ अङ्कको विन्दुमा पुगेको थियो । त्यस लगत्तै भर्टिकल ग्राफमा उकालो लागेको नेप्से सूचक थप ४३ अङ्कले बढ्दै २ हजार ३१ अङ्कमा उक्लिएको छ ।

बजार खुलेको केही समयभित्रकै तीव्र वृद्धिले नेप्से सूचकको आजको कारोबार के हुने हो भन्ने सबैमा कौतूहल बनाएको छ ।

शेयर बजारमा सर्किट, कारोबार रोकियो

राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।

आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ ।

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।



सम्बन्धित
Loading...