राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् ।

शीतलनिवास स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्न आउन लागेको जानकारी गराएका हुन् ।




प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।

नयाँ गठबन्धनसँगै आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जान लागेका हुन् ।

संसद बैठक स्थगित

नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।



सम्बन्धित
Loading...