२ बालकद्वारा नवलपुरमा ५ बर्षीया बालिका बलात्कार

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा ५ बर्षीया बालिका बलात्कृत भएका छिन् ।
देवचुली नगरपालिका निवासी ५ बर्षीया बालिकालाई देवचुली नगरपालिका निवासी १३ बर्षीय र १४ बर्षीय दुई जना बालकले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए ।
ति बालकहरुलाई बाल निगरानीमा राखि म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बालिकालाई चकलेट दिएर नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएपछि प्रहरीले बालकहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको हो ।
प्रहरीले बालकहरुलाई उनिहरुको घरबाटै नियन्त्रणमा लिएको हो ।