चितवनमा स्कूल बसको ठक्करबाट पैदल यात्रुको निधन




चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–४ बस्ने ४५ वर्षीय विष्णुभक्त श्रेष्ठ रहेका छन् ।

आज बिहान करिब ६ बजेको समयमा राप्ती–५ खहरेपुल नजिकै पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट पिप्लेतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०८९२ नम्बरको अंकुरम एकेडेमीको स्कुल बसले सोहि दिशातर्फ साइकलमा जाँदै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो ।




टाउको र अनुहारमा गम्भिर चोट लागि घाईते भएका श्रेष्ठको उपचारको क्रममा आज बिहान १० बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । अंकुरम एकेडेमीको स्कुल बस, बस चालक नुवाकोट तारकेश्वर गाउँपालिका–४ बस्ने बर्ष २५ को ईश्वर श्रेष्ठ र साईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१५, स्याङ्जाली चोकस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०३-००३प ७३२९ नम्बरको मोटरसाइकल र ना १९ प २५४७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बागमती प्रदेश ०३-००३ प ७३२९ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं-२३ बस्ने २५ वर्षीय लोकबहादुर थापा, सोही मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने ७९ वर्षीय बलबहादुर थापामगर र ना १९ प २५४७ नम्बरको मोटरसाइकल चालक भरतपुर-१५ बस्ने ६८ वर्षीय खिलराज रेग्मी घाइते भएका हुन् ।

घाइतेमध्ये बलबहादुर थापा मगरको अवस्था गम्भीर छ । तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र दुवै मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...