रविलाई कांग्रेसले गर्‍याे प्रधानमन्त्रीकाे अफर, सरकारलाई दिएको समर्थन फिर्ता




काठमाडाैं । सत्ता गठबन्धनबाट धकेलिएकाे नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे अफर गरेकाे छ ।

कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बतायाे ।




कांग्रेसकाे प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।

सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।



सम्बन्धित
Loading...