नवलपुरः मोबाइल पसलमा १५ लाख बढी चोरी




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १६ सोह्र नम्बर चोकमा रहेको मोबाइल पसलमा १५ लाख बढीको धनमाल चोरी भएको छ ।

सोह्र नम्बर चोकमा रहेको यमप्रसाद पौडेलले सञ्चालन गरेको पौडेल मोबाइल लिंक पसलमा चोरी भएको हो ।




मोबाइल पसलबाट सामसुङ मोबाईल १४ थान, रेडमी मोबाईल २३ थान, ईन्फीनिक्स ५ थान, नोकिया मोबाइल २ थान, ओपो मोबाईल २ थान, रियलमी मोबाईल १३ थान, ओनप्लस २ थान, भिभोथान ३ थान, आईफोन सेकेण्ड हेन्ड मोबाइलन ४ थान र चार्जरहरु गरी अन्दाजी १५ लाख बराबरको सामान चोरी भएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...