विदेशी मुद्राको विनिमयदर : युरो दरमा धेरै फेरवदल




काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५० पैसा र बिक्रीमा १४५ रूपैयाँ १६ पैसा छ । शुक्रबार युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ०३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७६ पैसा थियो ।



आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९ रूपैयाँ ०३ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३० पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको छ ।



सम्बन्धित
Loading...