ईच्छुककाे स्मृतिमा दीप प्रज्वलन


पत्रकार तथा साहित्यकार सहिद कृष्णसेन ‘इच्छुक’को १७ औं स्मृति दिवसका अवसरमा साेमबार अर्थात् जेठ १३ गते प्रेस संगठन नेपाल, नवलपुरकाे अायाेजनामा साँझ, कावासाेतीकाे सभापति चाेकमा दीपप्रज्वलन कार्यक्रम गरिएकाे छ ।



प्रेस सेन्टरका अध्यक्ष अर्जुन अविरलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  ने क पा केन्द्रीय सदस्य किशन शर्माले कृण्णसेनकाे याेगदानकाे चर्चा गरेका थिए । कृण्ण सेन ईच्छुकलाई २०५९ साल जेठ १३ गते हिरासतमा नै निर्मम हत्या गरिएकाे थियाे ।

देशै भरि उनकाे सम्झनामा विभिन्न पत्रकार संगठनहरूले विभिन्न कार्यक्रम गरेका छन् ।



सम्बन्धित
Loading...