नवलपुरमा ११ हजार बढी सुकुम्बासीलाई लालपूर्जा पाउने




रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा ११ हजार २ सय ४३ जना भूमिहिन सुकुम्बासीहरुले जग्गाधनि लालपूर्जा पाउने भएका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति नवलपुरले गरेको बर्षभरीको कामको सार्वजनिक गर्न बुधबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३१ हजार ९ सय ३१ जनो जग्गाधनि लालपूर्जा प्राप्तिका लागि आवेदन दिएकोमा हुप्सेकोट र मध्यविन्दुमा गरी अहिलेसम्म २ सय ७० सय जनालाई लालपूर्जा वितरण गरिएको छ ।




३० वटा पूजौ भने मालपोतमा अड्किएका छन् । प्रकृया पु¥याई किस्ता बुझाएर ती पूर्जा प्राप्त गर्न सकिने अध्यक्ष खरेलले बताए ।

अब ११ हजार २ सय ४३ जनालाई दिइने लालपूर्जा तयारी अवस्थामा रहेको छ ।

राष्ट्रिय भूमि आयोग नवलपुरका सभापति तारापति खरेलका अनुसार नवलपुरको हुप्सेकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकामा जग्गा नाँच जाँच, लालपूर्जा तयारी गर्ने लगायतका काम तिव्र गतिमा बढेको छ भने अन्य पालिकामा लगत संकलन सकेर जग्गा नापजाँचको काम भइरहेको छ ।

सभापति खरेलले ११ हजार २ सय ४३ जना दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीलाई बाँकी कानुनी प्रक्रिया पूरा गरेर असार साउनसम्ममा लालपूर्जा गरिने बताए । उनीहरुको जग्गा नाँपजाँच सकेर सम्बन्धित पालिकाहरुले भूमि आयोगको कार्यालयमा विवरण उपलब्ध गराइसकेको छ ।

अधुरा कामका लागि आयोगले आगामी चैत २४ गतेदेखि सूचना प्रकाशन गर्ने जनाएको छ ।



सम्बन्धित
Loading...