जङ्गली जनावरको आक्रमणबाट ७१ बर्षीय वृद्धको मृत्यु

बाँके । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए ।
मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई जङ्गली जवनारले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ ।
मृतकको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज भेरी अस्पतालमा पठाइएको छ ।
एकैदिन २०२ जना फरार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय सर्लाहीले एकै दिन २०२ फरार अभियुक्त पक्राउ गरेको छ।
विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अभियुक्तलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो।
जिल्ला अदालतको बेरूजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो सङ्ख्यामा फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।
उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराई कैद भुक्तानीका लागि जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीको भनाइ छ।
पक्राउ परेका उनीहरूलाई एक दिनदेखि साढे तीन वर्षसम्मको कैद सजाय र एक सय रुपैयाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना तोकिएका व्यक्ति छन्।
पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन्।