ट्रिपर दुर्घटना हुँदा चलक च्यापिए, उद्धार कार्य चल्दै

५ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चलक च्यापिएका छन् । उनको उद्धार प्रयास भैरहेको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर १ खोप्लाङ स्थित भैसे हेटौडा सडक खण्डमा ट्रिपर दुर्घटना भएको हो ।
रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङगा खानीबाट ढुङगा लिएर फ्याक्ट्री तर्फ आउदै गरेको ना ८ ख ८९१० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको छ ।
ट्रिपर चालक जिल्ला हटौडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेका ४३ बर्षिय बिर बहादुर वाईबा च्यापिएको अवस्थामा रहेको र उनको उद्धारको प्रयास भैरहेको प्रवक्ता भण्डारी जानकारी दिए ।
उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोलि र नेपाली सेनाको मध्य पृतना हेड क्वार्टर सुपारेटार ब्यारेकबाट सेनको टोली खटीएको छ ।