२ वर्षको पोथी बाघ मृत फेला

बारा । बाराको कोल्हवी नगरपालिका– २ मा २ वर्षको पोथी बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको हो ।
डिभिजन वन कार्यालयले बाघलाई गोली प्रहार गरेर मारिएको जनाएको छ ।
तर पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले गोली प्रहारबाट बाघको मृत्यु भएको नभएको अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताए ।
नेपालमा पछिल्लो समय बाघको सिकार हुने क्रम बढेको छ ।
नवलपुरमा १ महिना अघि साता दिनमा २ वटा बाघ सिकारीले मारेको थियो ।