नवलपुरमा चोरेर भाग्दै गर्दा चोरीका समान सहित २ जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपरासी, ८ चैत्र । पूर्वी नवलपरासीमा चोरी गरेर भाग्दै गर्दा चोरीका समान सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो २ बजेतिर पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १७ दिलबहादुर घर भित्र पसी चोरी गर्ने २ जना चोर पक्राउ परेका हुन् ।




पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका ५ निवासी २५ बर्षीय सागर तामाङ र सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ८ निवासी २४ बर्षीय रिदन तामाङ रहेका छन् ।
चोरी गरेर भाग्दै गरेका उनीहरुलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नौगेडी १ थान, तिलहरी १ थान, झुम्काना २ थान, औठी २ थान, वाला १ थान, चाँदीको सिक्री २ थान, हार जस्तो देखिने बाला २ थान, मोबाइल २ थान र बा ८७ प ७१०० नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

गैडाकोट क्षेत्रमा अहिले चोरीको घटना व्यापक बढेको छ ।



सम्बन्धित
Loading...