गृहमन्त्री रवि लामिछानेको राजिनामा माग्दै कावासोतीमा नेविसंघद्वारा प्रदर्शन, ५ जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विहीबार साँझ राँके जुलुस सहित प्रदर्शन गर्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ ५ जना पक्राउ परेका छन् ।

कावासोती थाना चोकमा पूर्वपश्चिम राजमार्गमा नेविसले राँके जुलुस सहित प्रदर्शन गरेको थियो ।




प्रहरीले नेविसंघ लुम्बिनी आदर्श डिग्री कलेजका इकाई सभापति कावासोती ३ निवासी २३ बर्षीय प्रज्वल पौडेल क्षेत्री, लुम्बिनी आवासीय मावि इकाई सभापति कावासोती ३ निवासी १७ बर्षीय सुजल अधिकारी, नेविसंघ जिल्ला सदस्य मध्यविन्दु ५ निवासी २६ बर्षीय जितु खड्का, जिल्ला सदस्य हुप्सेकोट ४ निवासी २६ बर्षीय हुमन पाण्डे र नेविसंघ कावासोती नगर सदस्य कावासोती ३ निवासी १७ बर्षीय रोहन क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रदर्शन पछि आयोजित कोण सभामा नेविसंघका केन्द्रिय सदस्य रामचन्द्र भट्टराई, जिल्ला सभापति हरि सुवेदी लगायतले धारणा राखेका थिए ।

रवि लामिछाने आफै सहकारीको रकम अपचलनमा गरेको आरोप लागेका मान्छे गृहमन्त्री बन्न नहुनै भन्दै देशभर प्रदर्शन गरेर राजिनामा माग गरिरहेको छ ।

पक्राउ परेकाहरुलाई केही समय पछि छाडिने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

www.daunnenews.com



सम्बन्धित
Loading...