‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ घाइते




काठमाण्डौँ, चैत्र ०९-
टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।

विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा.१/०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।




घाईते मध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने चारजनाको उपचार भैरहेको छ ।

सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



सम्बन्धित
Loading...