रुसमा आतंकवादी हमला : चार आक्रमणकारी पक्राउ, मृत्यु हुनेको संख्या १३३ पुग्यो




मस्को । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन् । आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको हो ।

यसैबिच रुसका सुरक्षा प्रमुखले राष्ट्रपति पुटिनलाई यस हमलामा संलग्न रहेको आरोपमा अहिलेसम्म ११ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । ती मध्ये चार जना प्रत्यक्ष आक्रमणसँग सम्बन्धित छन्।




आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । इस्लामिक स्टेट मध्यपूर्वमा अस्तित्वमा आएको एउटा अतिवादी समूह हो। कुनै समय सिरिया र इराकको बीचमा ३४ हजार वर्ग माइलको क्षेत्र आफ्नो नियन्त्रणमा थियो ।

अमेरिकाले पनि इस्लामिक स्टेटको आक्रमणको यो दाबी विश्वसनीय रहेको बताएको छ । अमेरिकाले पनि दुई साताअघि रुससँग यस्तो आक्रमणको सम्भावना रहेको दाबी गरेको छ ।

यो समूह सन् २०१९ मा झण्डै समाप्त भएको अवस्थामा पुगेको थियो। यद्यपि, यस वर्षको फेब्रुअरीमा, संयुक्त राष्ट्र संघले यो समूहले अफ्रिकामा स्थान हासिल गरिरहेको र यसको सामना गर्नु अझै पनि सुरक्षा चुनौती रहेको बताएको थियो।

एक अनुमानका अनुसार गत वर्षसम्म सिरिया र इराकमा इस्लामिक स्टेटसँग ६ हजारदेखि १० हजार लडाकुहरू आबद्ध थिए। शुक्रबार साँझ भएको यो हमला रुसमा विगत २० वर्षमा भएको सबैभन्दा ठूलो हमला हो।

मस्कोमा भएको आतङ्कवादी हमलाको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

https://daunnenews.com/wp-admin/post-new.php

रुसमा आतंकवादी हमला : यसअघि नै अमेरिकाले दिएको थियो चेतावनी

मस्को । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमा भएको आक्रमणमा मारिएका व्यक्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गरेका छन्, ‘हामी मस्कोमा भएको जघन्य चरमपन्थी हमलाको कडा निन्दा गर्छौँ। हाम्रो प्रार्थना पीडित परिवारसँग छ। दुःखको यस घडीमा भारत रुसी सरकार र त्यहाँका जनताको साथमा छ।’

यता ह्वाइट हाउसले रुसी अधिकारीहरूलाई मार्चको सुरुमा मस्कोमा ‘ठूलो भीड’ मा आक्रमण हुनसक्ने जानकारी दिएको बताएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘यो महिनाको सुरुमा अमेरिकी सरकारलाई मस्कोमा कन्सर्ट जस्ता भिडभाड हुने ठाउँहरूलाई लक्षित गरी आतंकवादी हमलाको योजना बनाइएको जानकारी थियो।”

उनले भने कि वाशिंगटनले रुसी अधिकारीहरूसँग जानकारी साझा गरेको थियो। बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेराले क्रेमलिनले यी चेतावनीहरूलाई ‘प्रोपोगान्डा ‘ भन्दै खारेज गरेको बताएका छन्।

अनलाइनमा देखिएका अपुष्ट भिडियोहरूका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ। अमेरिकी अधिकारीहरूले अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध संस्था सीबीएसलाई आईएसले रुसमा आक्रमण गर्न सक्ने गुप्तचर प्राप्त गरेको बताएको छ। अमेरिकी ह्वाइट हाउसले स्थितिबारे थप जानकारी लिन प्रयास गरिरहेको बताएको छ।



सम्बन्धित
Loading...