ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
आज बिहान जिल्लाको मेल्लेख गाँउपलिकामा भएको टयाक्टर दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिका वडा नं.६ का अध्यक्ष तिलख कठायतले जानकारी दिए ।
मृत्यु हुनेमा सबै पुरुष रहेको जनाइएको छ ।
घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।
