जिप सडकबाट सय मिटर तल खस्दा २ जनाको मृत्यु ४ घाइते

मुगु जिल्लाको सदरमुकाम गमगढीदेखी सोरु गाउपालिका केन्द्र सोरुकोट तर्फ जादै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुदा २ जनाको मृत्युु भएको छ । भने ४ जना घाइते भएका छ्न ।
बुधबार अन्दाजी ४ बजे तिर कर्णाली प्रादेश ०२(००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिका-६ कच्चेगाउँ नजिकै रहेको चार मोड भन्ने स्थानमा दुर्घटना हुँदा जिपमा सवार रहेका चालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चालक कबिराज नेपाली र नाम पहिचान नभएकी एक जना महिला रहेकी छ्न ।
घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली (२८), हिरासिङ्ग नेपाली र बर्ष २२ को प्रेम नेपाली रहेका छ्न । घाइते मध्य मन्जने नेपालीको अवस्था चिन्ताजनक रहेको छ ।
घाइते चार मध्य सामान्य घाइते रहेका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारको लागी प्रहरीले उद्दार गरि मुगु जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको जिप सडक भन्दा अन्दाजी एक सय मिटर बढी तल खसेको थियो ।