दुर्घटनामा गम्भीर घाइते कावासोतीका काफ्लेको उपचारको क्रममा निधन

रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गत मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी घाइते भएका कावासोती १ निवासी कल्याण काफ्लेको निधन भएको छ ।
दुर्घटनामा परी घाइते कावासोती १ निवासी ४० बर्षीय कल्याण काफ्लेको आज विहान साढे ८ बजेतिर बाँसबारी न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ सयपत्री चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ कावाासोतीबाट सयपत्रीचोक तर्फ जाँदै गरेको बा ९७ प ५६८२ नं को मोटरसाइकल र बिपरित दिशाबाट आँउदै गरेको लु ३२ प २१८० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका थिए ।
दुर्घटनामा परी बा ९७ प ५६८२ नम्बरको मोटरसाइकल चालक कावासोती १ बस्ने बर्ष ४० को कल्याण काफ्ले गम्भीर घाइते भएका थिए ।
त्यसैगरी लु ३२ प २१८० नम्बरको मोटरसाइकल चालक कावासोती २ निवासी ३९ बर्षीयको टेक नारायण भुषाल सामान्य घाइते भएका छन् । उनको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।