गण्डक नहरमा भेटिएको डल्फिन उद्दार गरि नारायणीमा छाडियो




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर स्थित पश्चिमी गण्डक नहरमा एक वटा डल्फिन भेटिएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका ७ गुठीसुर्यपुरा स्थित पश्चिमी गण्डक नहरमा शुक्रवार दिउँसोको समयमा एक वटा डल्फिन भेटिएको हो । उक्त डल्फिनलाई स्थानीय र वनका कर्मचारीले उद्दार गरी नारायणी नदीमा छाडिएको छ ।




डल्फिनलाई स्थानीय, वन रक्षक तथा ईलाका प्रहरी कार्यालय बेलाटारी र गुठिप्रसौनी प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाको त्रिबेणि स्थित नारायणी नदीमा छाडिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी गराएको छ ।

केही दिनदेखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुदै सुर्यपुरा विद्युत गृहको बाँधसम्म आईपुगेको हुन सक्ने प्रहरीले बताए ।

पश्चिमी गण्डक नहरमा भेटिएर उद्घार गरिएको डल्फिन अनुमानित ७० देखि ७५ किलोको रहेको र लम्बाई ६ फिट भन्दा बढी रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...