चट्याङ लागेर एक बालिकाको मृत्यु




काठमाडौँ– दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

दैलेखको भैरवी गाउँपलिका– ६ तोरिमुलकी १२ वर्षीय शर्मिला कंडेलको चट्याङ लागेर उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक दिपक मगरले देश सन्चारलाइ जानकारी दिए।




प्रहरीका अनुसार चट्याङ दिउँसो ३ बजेतिर परेको थियो। बालिका घर नजिकै बाख्रा चराउन गएको र बाख्रा चराउदै गर्दा हावा हुरीसहित आएको चट्याङले बालिका घाइते भएकी थिइन्।

उनलाई उपचार गर्न दुल्लु अस्पताल लगिएको थियो। तर अस्पतालले थप उपचारको लागी प्रदेश अस्पताल सुर्खेत रिफर गरेको थियो।

उपचारको लागी कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजादै गर्दा डुंगेश्वर पुग्दा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर एक बाख्रा पनि मरेको छ। चट्याङ पर्दा थप क्षति भने नभएको प्रहरीको भनाइ छ।



सम्बन्धित
Loading...