बिप्लबको आक्रमणवाट जोगिन भागेका सोलुको माकालु¨ चौकिका ७ प्रहरीको खोजि शुरु


नारायण शर्मा
जेष्ठ २०, काठमाण्डौ –बिप्लब समुहका छापामारको आक्रमणको सूचना पाएको आधारमा राति हतियार सहित भागेका सोलुखुम्बुका ७ प्रहरीको खोजिमा गृह मन्त्रालयले थप प्रहरी टोलि घटनास्थलमा पठाएको छ ।
सोलुखुम्बुको माकालुङ्ग गाउपालिका वडा नम्बर ३ मा रहेको प्रहरी चौकिमा कार्यरत ७ जना प्रहरी आइतवार राति बिप्लबका छापामारहरु आक्रमणमा आएको जानकारी पाएलगत्तै राति १ बजे प्रहरी चौकि छोडेर भागेका हुन् । सोेलुखुम्बु सदरमुकामवाट २५ कोस टाढाको प्रहरी कार्यालयमा आक्रमणको जानकारी पाउनासाथ उनिहरु हतियार सहित चौकि छोडेर भागेका हुन । त्यहा एक असइको कमाण्डमा ७ जना प्रहरी कार्यरत रहेका थिए ।
सोमबार बिहान सम्मपनि भागेका उनिहरुको अबस्था थहा हुन नसकेपछि डिएसपी शालिकराम शर्माको कमाण्डमा उनिहरुको अबस्था खोज्न प्रहरी घटनास्थलतर्फ गएको छ । उता धरानवाट शैनिक हेलिकप्टरमा पनि २ पटक गरेर ४२ प्रहरीको टोलिलाई माकालु¨ आसपासमा झारीएको छ । सोमबार बिहान ९ बजे शशस्त्र प्रहरीका १९ जना र नेपाल प्रहरीका २३ जनालाई २ पटक गरेर शैनिक हेलिकप्टरले झारेको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले “उनिहरुको गतिबिधि बढेको कुरा साचो हो । अरु हामी आन्तकि छलफलमै छौ त्यसरी भन्न मिल्दैन । ” भने । उनले धरानवाट सेनाको हेलिकप्टरवाट थप प्रहरी परिचालन गरिसकिएको बारेमा ”अहिले नै भन्न नमिल्ले ”जानकारी दिए ।
प्रहरी चौकि रहेको माकालुङ्ग वाट फरार भएका प्रहरीको मोवाइल र सेटमा समेत सम्पर्क नभएका कारण गृह मन्त्रालय तनाबमा रहेको छ । चौकि आसपासमा घना जंगल रहेका कारण सोमबार दिउसो सवा ३ बजे सम्म पनि हराइरहेका प्रहरीको अबस्थाको बारेमा कुनै जानकारी छैन ।
नेपाल प्रहरीका प्रबक्ता बिश्वराज पोखरेलले बुझने काम भैरहेको टेलिफोनमा जानकारी दिए ।



सम्बन्धित
Loading...