आमाको हत्या आरोपमा छोरा पक्राउ


सांकेतिक तस्वीरः


१९ चैत । मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । थाहा नगरपालिका वडा नम्बर १० तल्लो बिसिङखेल बस्ने २६ बर्षका मिलन गमाललाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले दिएको जानकारी अनुसार उनलाई ईलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राति पक्राउ गरेको हो ।




आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या छोरा मिलनलेनै गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ३० फागुनमा ज्ञानीमाया आफ्नै घरको खाटमा सुति रहेको अबस्थामा मृत भेटिएकी थिइन् ।

घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको थियो । पक्राउ परेका मिलन माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=jKN6mIgFip0



सम्बन्धित
Loading...