चितवनमा बाघको आक्रमणबाट एक युवक घाइते

चितवनको माडी नगरपालिका वडा नं-९, हनुमानझुलास्थित भालुखोलामा बाघको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
माडी-९ बस्ने ३० वर्षीय बुद्धिराज गुरूङलाई घरनजिकै खेतमा पानी लगाउन जाने क्रममा एक्कासि जंगलबाट निस्किएको बाघले आक्रमण गरी घाइते बनाएको हो ।
निधार र बायाँ हातमा चोट लागेका मध्यम घाइते गुरूङको भरतपुर अस्पतालमा उपचार भैरहेको र उपचारमा निजको भाउजू संलग्न रहेको प्रहरीले जनाएको छ ।