पाँच पुलको निर्माण कार्य अलपत्र


भरतपुर । चितवनका बहुवर्षीय योजनामा परेका पाँचवटा पुलको निर्माण कार्य अलपत्र परेको छ । जग्गा विवादका कारण एउटा र डिजाइनको समस्याका कारण चारवटा मोटरेवल पुलको निर्माण कार्य ठप्प भएको हो ।


राप्ती नगरपालिकाको सिमलटाँडीस्थित च्यात्रा खोलामा निर्माण हुन लागेको ३० मिटर लामो पुल जग्गा विवादका कारण अलपत्र परेको छ । १८ मिटरको कल्भर्ट भएको स्थानमा ३० मिटरको पुल निर्माण गर्नुपर्ने भएपछि आवश्यक थप जग्गा दिन कोही पनि सहमत नभएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी जुद्ध एण्ड पूर्ण÷विश्वास जेभीसँग तीन करोड ४३ लाख रूपैयाँ लागतमा विंस. २०७३ असार ३० गते सम्झौता भएको थियो । सांसद् सुरेन्द्र पाण्डेको समेत सहभागितामा स्थानीयसँग पटक–पटक छलफल गर्दा पनि जग्गा विवाद समाधान नहुँदा पुलको निर्माण कार्य अलपत्र परेको हो ।

अहिलेकै अवस्थामा दोहन हुँदै जाने हो भने हामीले ठूलो प्राकृति विपत्ति भोग्नुपर्ने उनले बताए । ‘ठेक्का खुलाएर पैसा कमाउनु ठूलो कुरा होइन, भविष्यको सन्तानका लागि पनि स्रोतसाधन बचाएर राख्नु ठूलो कुरा हो, प्रमुख डल्लाकोटीले भने,‘तर यहाँ तै चुप मै चुप गरेर स्रोतको दोहन भइरहेको छ ।’

‘सबै स्रोतसाधन यसैवर्ष सक्ने गरी काम भइरहेको पाइयो, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, भोलि हुन सक्ने प्राकृतिक नोक्सानको ठेकेदारहरुले जिम्मा लिन्छन् ?’ अनुगमन गरिएकामध्ये कुनै पनि ठेक्कामा ठीक काम भएको भनी प्रशंसा गर्ने अवस्था नरहेको प्रजिअ बस्नेतले बताए ।



सम्बन्धित
Loading...