दुर्घटनामा नर्सको मृत्यु
कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो ।
उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं को स्कुटी ना५ख ४२४५ नं को ट्रकसँग ठोक्किएको हो ।
स्काभेटरले किचेर मगरकोे मृत्यु
इलामको माईनगरपालिका वडा नं.४ मनिस लुङ्गेली मगरकोे स्काभेटरले किचेर मृत्यु भएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ को सानिमा हाईड्रोपावर कम्पनीमा काम गर्ने क्रममा कम्पनीको स्काभेटरले लागेर लडेका लुङ्गेलीको उपचारमा लाने क्रममा मृत्यु भएको हो ।
इलाम माई नगरपालिका वडा नम्बर २ को इलाम न्युलाईट अंग्रेजी बोडिङ्ग स्कुलबाट एसइई परीक्षा दिएका मगर ४५ दिन अघि बिदाको समयमा कामका लागि रामेछाप गएका थिए । मगरलाई कानुनी प्रक्रिया पुरा गरी घर ल्याइने मृतकका काका टेक बहादुर लुङ्गेलीले बताए ।