नवलपुरको सिख्रौलीघाटमा ललितपुरका ५१ बर्षीय पुरुष मृत फेला




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौली घाट नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।

ललितपुर जिल्लाको गोदावारी नगरपालिका वडा नं. ०६ टिकाभैरव बस्ने ५१ बर्षीय राजन थापा क्षेत्रीको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।




नारायणी नदीको भंगालोको पारी पट्टी नदी किनारमा फेला परेको क्षेत्रीको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्प्ताल चितवनमा राखिएको छ ।

गर्मी बढेसँगै नारायणी नदीमा पौडी खेल्न जाने क्रम बढेको र यो सँगै नारायणीमा वेपत्ता हुने र मृत फेला पर्ने क्रम बढेको छ ।

हिजो विहान पनि गैडाकोटमा १ जना वालक नारायणी नदी किनारमा मृत फेला परेको थियो भने चितवन तर्फ पनि अर्का बालक मृत फेला परेका थिए ।



सम्बन्धित
Loading...