गैडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्यु




रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परेर ९० बर्षीय जेष्ठ नागरिक जगरी माया महतोको निधन भएको छ ।

कावासोती १० रतवल निवासी ९० बर्षीय महिला जगरीमाया महतोलाई कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउन क्रममा आज दिउँसो १ बजेतिर गैडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




प्रहरीका अनुसार गैडाको आक्रमणबाट गम्भीर घाइते महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा निधन भएको हो ।



सम्बन्धित
Loading...