नवलपुरमा १ जनाको डुबेर मृत्यु, एक जना नारायणी नदीमा वेपत्ता



नवलपुर । पूर्वी नवलपरासीमा एक जना पानीमा डुबेर निधन भएको छ भने १ जना नारायणी नदीमा वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाकोट १२ मालपुर बस्ने ५९ बर्षीय सिताराम महतोको पानीमा डुबेर निधन भएको छ ।




महतो आफ्नै घर नजिकै रहेको सिचाईको लागि प्रयोग गर्ने कुलामा जम्मा भएको पानीमा डुबी मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला सहरकारी अस्पताल चितवनमा पठाइएको छ । घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको गैडाकोट २ मा नारायणी नदीको पुलबाट १ जना पुरुष हामफालेर वेपत्ता भएका छन् ।

अन्दाजी ३०÷३२ बर्षका पुरुष व्यक्ति हाम फाली वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...