गायिका एलिना चौहानले प्रेमी विष्णुसँग कसे लगन गाँठो, तस्बिरहरू हेर्नुहोस्




गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कसेका छन् । उनीहरु आज विवाह बन्धनमा बाँधिएका हुन् ।

बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।




एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् ।

विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।



सम्बन्धित
Loading...