मध्यविन्दुको ब्रम्हस्थानमा नारायणी नदी किनारमा सरसफाई


सालिकराम भट्टराई
नवलपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार नवलपुरको मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थानमा सरसफाई गरिएको छ ।
नारायणी नदी किनारमा बढ्दो प्रदुषण कम गर्न सचेतना फैलाउनका लागि नारायणी नदी किनारमा सरसफाई गरिएको स्थानीय युवा विक्रम अधिकारीले बताए ।
मध्यविन्दु नगरपालिका १, २, ३ र ४ का स्थानीय युवाहरुले नदी किनारमा सरसफाई गर्नुका साथै फोहोर व्यवस्थापनका लागि नदी किनारमा डस्विन राखेका थिए ।
पर्यटकीय क्षेत्र समेत रहेको र उक्त क्षेत्रमा साँझ पख चितवन राष्ट्रिय निकुञ्जको दृष्यावलोकनका लागि पर्यटक आउने क्षेत्र भएकोले सरसफाई गरिएको स्थानीय थमनारायण शर्माले बताए ।
त्यसैगरी उनीहरुले फोहोरले जलचर र जंगलीजनवारलाई पर्ने असरका बारेमा सचेतनामुलक पोष्टरहरु समेत ठाउँठाउँमा टाँसेका थिए । नदी सरसफाईमा सम्बन्धित निकायले ध्यान समेत नदिएका कारण सम्बन्धित निकायको ध्यान केन्द्रित गर्नका लागि पनि सरसफाई गरिएको शर्माले बताए ।





सम्बन्धित
Loading...