युएईविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन live link



Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE


ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग खेल्दैछ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ। नेपाली टिममा एक परिवर्तन गरिएको छ। प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।



नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।

नेपाल प्रिमियर कपको साविक विजेता हो। नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख।



सम्बन्धित
Loading...