धरौती नबुझाएपछि दीपेश पुन कारागार चलान, जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद




अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । जिल्ला अदालतको आदेश अनुसार धरौटी नबुझाएपछि उनलाई थुनामा पठाइएको रुपन्देहीका एसपी रन्जीत सिंह राठौरले रातोपाटीलाई बताए । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले उनीसँग ४ लाख धरौटी मागेको थियो ।

सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका नवीन अछामीलाई पनि कारागार चलान गरिएको छ । अदालतले मागेको १० लाख धरौटी नबुझाएपछि उनलाई कारागारमा पठाइएको एसपी राठौरले जानकारी दिए ।



सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ । अदालतले दुर्गा चापागाईं पाण्डे सँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगर सँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेको थियो । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।

जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ । अदालतले दिपेश कुमाार पुनसँग ४ लाख, नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डे सँग १८ लाख, दिपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगर सँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेको छ ।

कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश गर्दै अदालतले १९ जनालाई म्याद जारी गरेको हो । अदालतले गुल्मी घर भएका सागर केसी, कास्कीका सुरज श्रेष्ठ, सिन्धुलीका राजु बराल, ओखलढुंगाका भूपेन्द्र राई, ओखलढुंगाकै देवेन्द्र बावु राई, पर्साका धिरज कुमार दास, रुपन्देहीका अलि सिद्धिकी, कास्कीका बुद्धि गुरुङ, गोरखाका दिनेश रोका र बाँकेका आशिष आनन्दलाई म्याद जारी गरिएको छ ।

त्यस्तै, रुपन्देही घर भएका मजहर मोहम्मद, पाल्पा घर भएकी भगवती लिगल ढुंगाना, स्याङ्जाका मन प्रसाद गुरुङ, स्याङ्जाकै पौ बहादुर गुरुङ, पाल्पाका स्यान्ड्रिक राजभण्डारी, स्याङ्जाकै आशिष रानाभाट र इलाम घर भएकी कविता तामाङ र काठमाडौँ घर भएका नवीन अछामीविरुद्ध म्याद जारी भएको छ ।



सम्बन्धित
Loading...