सप्तरीमा भीषण आगलागी, २४ घर जलेर नष्ट




राजविराज—सप्तरीको कञ्चनरुप नगरपालिका–५, पडेमारामा आइतबार दिउँसो भिषण आगलागी भएको छ ।‌आगलागीमा परी १२ परिवारका २४ घर र गोठ जलेर करिव २५ लाखको क्षती भएको छ।

स्थानीय लामोहन सरदारको गोठमा रहेको चुलोमा बालेको आगोबाट दिउँसो करिव ३ बजे सुरु भएको आगलागीमा घर र गोठमा भएका अन्नपात, लत्ताकपडा र २ वटा बाख्रासहित २५ लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




कन्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी ४ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दिउँसो करिब साढे ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...