नवलपुरको कालीगण्डकी नदीमा नुहाउन गएका एक जना किशोरीको डुवेर मृत्यु, १ जना वेपत्ता




रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा कालीगण्डकी नदीमा नुहाउँन गएका एक जना किशोरीको डुबेर निधन भएको छ भने एक जना वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार १ जनाको डुबेर निधन भएको हो भने एक जना वेपत्ता भएका हुन् ।




हिजो साँझ नदीमा नुहाउन गएका दुवै जना आज विहान अबेरसम्म घर नआएपछि स्थानीयले खबर गरेका थिए । खोजीको क्रममा आज दिउँसो बौदीकाली ३ निवासी रेवत सारुकी १७ बर्षीय छोरी लक्ष्मी सारु नदी किनारमा मृत फेला परेका हुन् ।

त्यसैगरी उनकै बहिनी १४ बर्षीय नरिना सारु मगर वेपत्ता भएको र आज दिनभर खोजी गर्दा पनि फेला नपरेको जनाएको छ । वेपत्ता सारुको भोलि गोताखोर टोली ल्याएर खोजी गरिने उनले बताए ।

उनीहरुको नदी किनारमा कपडा, चप्पल र केही पैसा फेला परेपछि उनीहरुको नदीमा खोजी गरिएको थियो ।



सम्बन्धित
Loading...