नवलपुर: कालीगण्डकी नदीमा डुबेर दिदीबहिनीकाे मृत्यु

रामकुमार श्रेष्ठ –
नवलपुरकाे कालीगण्डकी नदीमा वेपत्ता १४ बर्षीया बालिका आज मृत फेला परेकी छिन् ।
शनिबार साँझदेखि वेपत्ता दिन अघि वेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुकी छाेरी १४ बर्षीया नरिना सारू मगर मंगलबार दिउँसाे बौदीकाली २ स्थित कालीगण्डकी नदी र बौडिकाई खोलाको दोभानमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
बालिकाकाे शव मुचुल्का तयारपारी पाेष्टमार्टमका लागि रामपुर अस्पताल पाल्पा पठाईएकाे छ । वेपत्ता सारूकाे सशस्त्र प्रहरीकाे गाेताखाेर परिचालन गरेर साेमबार र मंगलबार खाेजी गरिएकाे थियाे ।
घर नजिकै धारामा शनिबार साँझ नुहाउन गएकी दुईदिदी बहिनी १७ बर्षीय लक्ष्मी सारु र १४ बर्षीया नरिना सारू राति अबेरसम्म घर नआए पछि स्थानीय र प्रहरीले खाेजी शुरू गरेकाे थियाे ।
दिदी लक्ष्मी सारू आईतबार कालीगण्डकी नदी किनारमा डुबेकाे अवस्थामा मृत फेला परे पनि बहिनी भने वेपत्ता थिईन् ।