पशुपतिनाथ मन्दिर कति धनी ?
२२ जेठ, काठमाडौं । इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल-अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरियो । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
