एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन बैशाख २१ र २२ गते




नेकपा एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन बैशाख २१ र २२ गते सुनवलमा हुने भएको छ । एमाले पार्टीले आज परासीमा पत्रकार सम्मेलन गरी अधिवेशन गर्न लागेको जनाएको हो । एमाले पार्टीले अधिवेशनलाई भव्यता प्रदान गर्न तिव्रताका साथ काम गरेको बताइको छ ।

आज पत्रकार सम्मेलन मार्फत नवौं जिल्ला अधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ । अधिवेशनको समुदघाटन गर्न एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्मा ओली आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले जानकारी दिनु भयो ।



पार्टीले अधिवेशन सम्पन गर्न विभिन्न १३ वटा उपसमिति गठन गरेको छ । कुल ४२१ प्रतिनिधि हुने जिल्ला अधिवेशनकालागि वैशाख १७ गते एकैदिन प्रतिनिधि छनौटको कार्यक्रम राखिएको लिल्ला सचिव धिरज शर्मा वस्यालले जानकारी दिनु भयो ।

एमालेले जिल्ला अधिवेशनकालागि २० संगठीत सदस्य बराबर १ प्रतिनिधि, हरेक ३ पार्टी सदस्य ३ र हरेक ५ सदस्य बराबर २ जना महिला अनिवार्य गरिएको छ भने प्रत्येक ५ प्रतिनिधि बराबर १ युवा प्रतिनिधि अनिवार्य गरेको छ । पार्टीका २२ जनसंगठनबाट १÷१ जना प्रतिनिधिको पनि व्यवस्था गरिएको छ ।

यस्तै उत्पिडित जाति समुदायको हकमा वडा निर्वाचन क्षेत्र रहने गरी ५ जना संगठीत सदस्य बरावर १ जना प्रतिनिधि छनौट हुने पार्टीका उपाध्यक्ष डोलराज भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । नेकपा एमालेको जिल्ला कमिटि १ सय ५ जनाको हुने बताइएको छ ।



सम्बन्धित
Loading...