ढुङ्गाले हानेर दाइको हत्या




आफ्नै दाइ नाता पर्नेलाई हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय गणेश नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरिएको हो ।

हत्या अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दीपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।




यसबारे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...