नवलपुरमा भरूवा बन्दुक फेला

नवलपुर – पूर्वी नवलपरासीकाे कावासाेती १ बालुवा डाँडा बारीमा लुकाई राखेकाे लाेड गरेर राखेकाे अवस्थामा भरूवा बन्दुक फेला पारेकाे छ ।
आज कावासाेती १ बालुवाडाँडामा जलदेवी सामुदायिक वनमा लागेकाे आगो निभाउन गएकाे नेपाली सेनाकाे टाेलीले १ थान भरूवा बन्दुक भेटेकाे हाे ।
मनबहादुर रानाकाे बारीमा फेला परेकाे बन्दुक सेनाकाे टाेलीले जिल्ला प्रहरी कार्यालय नवलपुरकाे जिम्मा लगाएकाे नवलपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले ईजाजत लिएका र नविकरण नभएका हातहतियार ३५ दिन भित्र नविकरण गर्न सूचना जारी गरेकाे छ ।
सामुदायिक वनमा लागेकाे आगो सेना र स्थानीयकाे टाेलीले नियन्त्रणमा लिएका छन् ।
