नवलपरासीमा भन्सार छलि ल्याएका साढे ७ लाख बराबरको अवैध सामग्री बरामद


रामकुमार श्रेष्ठ —
नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छलि अवैध रुपमा भित्र्याइएका ७ लाख ५५ हजार ४१ रुपैयाँ बराबरको सामग्री प्रहरीले बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका १५ सुक्रौलीबाट ३ लाख १२ हजार ६ हजार ४१ रुपैया बराबरको कस्मेटिक सामग्रीहरु बरामद गरेको छ ।

अनलाइन मार्फत समान डेलिभरीको बाहानामा भारतबाट नेपाल तर्फ लु ४ प ५७९३ नम्बरको मोटरसाइकल ल्याउँदै गरेको कस्मेटिक सामग्रीहरु बरामद गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका ३ अमहवा स्थित भित्रीबाटबाट २ लाख ९२ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।




भारतबाट अवैध रुपमा ल्याएको विभिन्न प्रकारका कस्मेटिक सामानहरु र हेण्डव्यागहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले जिल्लाका विभिन्न स्थानबाट खाद्यान्न, लत्ताकपडा र खुद्रा किराना सामानहरु गरेर १ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ ।

बरामद सामग्री महेशुपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...