नवलपुरमा एक जना पुरुष मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० भूपू चोकमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
भूपू चोकबाट दक्षिणतर्फ अन्दाजी ४५ बर्षीय पुरुष मृत फेला परेको हो । बारा घर भएका स्थानीय फन्टु नामले बोलाउने मानिस मृत फेला परेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
उनको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ । शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।