नवलपरासीमा सवारी दुर्घटनामा १ जनाको मृत्यु एक जना घाइते

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा ट्रकले स्कुटीलाई ठक्कर दिंदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल १२ भूमही चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ५५ बीटि २५४६ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले सोही दिशातर्फ जादै गरेको लु २६ प ९२८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी स्कुटी पछाडि सवार गुल्मी जिल्ला घर भई हाल सुनवल १३ सुन्दरबस्ती कोठा भाडामा बस्दै आएका ३८ बर्षीया महिला कमला घर्ती मगरको निधन भएको हो ।
त्यसैगरी स्कुटर चालक सुनवल १३ सुन्दर बस्ती निवासी ५५ बर्षीय कर्ण बहादुर गुरुङ घाइते भएका छन् । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भईरहेको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
नवलपुरमा एक जना पुरुष मृत फेला
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० भूपू चोकमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
भूपू चोकबाट दक्षिणतर्फ अन्दाजी ४५ बर्षीय पुरुष मृत फेला परेको हो । बारा घर भएका स्थानीय फन्टु नामले बोलाउने मानिस मृत फेला परेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
उनको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ । शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।