इलाम–२ र बझाङ १(१) दुवै स्थानमा एमालेको अग्रता
इलाम–२ मा सुहाङले लिए अग्रता
इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् ।
शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको छ । सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत रहेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन् ।
बझाङमा एमाले अघिअघि माओवादी पछि पछि
इलाम । प्रदेश सभाको बझाङ–१ (१) मा जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका जनकबहादुर बुढाको १ हजार ३७२ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर बुढाको १ हजार २९१ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८६४ मत ल्याएका छन् ।