बाच्छो काटेको आरोपमा ३ जना पक्राउ




भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका ३४ वर्षका च्याङ्बा तामाङ छन् ।




आरोपीहरुले वैशाख १४ मा चाँगुनारायण नगरपालिका–९ ताथली स्थित भद्र कुमारी खोलामा बाच्छो काटेका हुन् ।

प्रहरी प्रभाग सुडाल र वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...