कावासोतीमा काँग्रेसको जागरण अभियान
कमला राना मगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरिले नेपाली कांग्रेस जनताको वास्तविक अभिभावक भएको बताउनु भएको छ । अाज कावासाेतिमा सम्पन्न नेपाली कांग्रेसकाे भातृ संगठन भुतपुर्व सैनिक संघको २० अाै स्थापना दिवस तथा राष्ट्रिय जागरण अभियानलाई सम्बाेधन गर्नुहुदै नेता गिरिले नेपाली कांग्रेसले जनतालाई भगवानकाे रुपमा मान्दै अाएकाे बताउनुभयो ।
पुर्व यातायात तथा सिचाइ मन्त्री समेत रहनुभएकाे गिरिले पार्टीलाई भुपु सैनिक हरुकाे साथकाे अावश्यकता रहेको बताउनुहुदै भुपु सैनिक हरुकाे मागलाई कांग्रेसले मात्रै पुरा गर्न सक्ने दावि गर्नुभयो ।
यसैगरी गण्डकी प्रदेश ससद कृष्ण चन्द्र नेपालिले भुपु सैनिक हरुकाे पार्टी प्रति ठुलो याेगदान रहेको बताउनुहुदै पार्टी लाई सगठित गराउनकाे लागि अगाडि बढ्न अाग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश ससद विष्णु लामिछानेले देशमा हत्या हिंसा र अराजकता बढ्दै गएकाेले पार्टी ले शशक्त रुपमा अावाज उठाउनुपर्ने मा जाेड दिनुभयो ।
भुपु सैनिक संघ नवलपुरका अध्यक्ष लालचन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री प्रदिप गिरि प्रमुख अतिथि रहनुभएकाे थियो ।
त्यसैगरी विशेष अतिथिमा गण्डकी प्रदेश ससद कृष्ण चन्द्र नेपाली, विष्णु लामिछाने , अाेमकला गाैतम, भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादु मास्कि, भुपु सैनिक संघ महिला विभाग का केन्द्रीय अध्यक्ष लिला मास्कि राना, भुपु सैनिक संघका केन्द्रीय सदस्य लाेकनाथ पाैडेल, प्रेम बहादुर राना तथा वीर बाहदुर साहि रहनुभएकाे थियोे ।
कार्यक्रममा सगठनमा याेगदान पुर्याउनुहुने लाेकनाथ पाैडेल, कप्तान खडग् बाहदुर राना तथा कुम बाहादुर गुरुङलाई सम्मान समेत गरिएको थियोे । कार्यक्रम काे सन्चालन सचिव लेखनाथ तिवारीले गर्नुभएको थियोे ।