नवलपुर कावासोतीकी किशोरी अभियन्ता सवनम सुनार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट


नवलपुरको कावासोती नगरपालिकाको किशोरी अभियन्ता सवनम सुनार एसिएन गल्र्स इन एक्सन परियोजना २०२४ अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीको लागि छनौट हुनुभएको छ ।
एसिया महादेशको १५ देशहरुबाट १०० जनाको आवेदन परेको र १० जना छनौट भएकोमा नेपालबाट सवनम सुनार छनौट हुनुभएको हो ।


सवनम सुनार, कावासोती ६ निवासी र हाल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । उहाँ कावासोतीमा भर्खरै सम्पन्न भएको किशोरी शसक्तिकरण कार्यक्रमको साथि शिक्षकको रुपमा ३ वर्षसम्म क्रियाशिल हुँदै युनिसेफको ग्लोवल गल्र्स सल्लाहकार समितिको सदस्यमा समेत हालसालै मनोनयन हुनुभएको छ ।

बालबालिका र किशोरकिशोरीको क्षेत्रमा क्रियाशिल जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार ताईवानको द गार्डेन अफ होप फाउन्डेसनले प्रत्येक वर्ष एसिएन गल्र्स अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु र अभियानहरु गरिरहने र नेपालबाट सुरुवाती चरणबाट नै किशोरीहरुको सहभागिताको लागि पहल गराईरहेको बताउनु भयो ।




छनौट हुनुभएको किशोरी सवनम सुनारले १० जनाभित्रबाट अवार्ड जित्ने गरी तयारी गर्ने र नेपालको अभ्यासहरु एसिया महादेशभरी नै पुर्याउने गरी तयारी गरेर देशबाट प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।

नेपालबाट हालसम्म श्रद्धा महत, विपना शर्मा, आस्मा अर्याल, आशा विकले ताईवान मा नै गएर भौतिक रुपमा र कोरोनाको समयमा धेरै किशोरीहरुले अनलाईनबाट सहभागीता जनाई किशोरी अधिकारको लागि नेपालमा भएका अभ्यासहरुको बारेमा जानकारी र अवको समयमा सरोकारवालाहरुले गर्नुपर्ने विषयहरुको बारेमा ध्यानाकर्षण गराउने गरको तिलोत्तम पौडेलले बताउनुभयो ।

संस्थाले स्थापनाकालीन समयबाट नै बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन, पोषणमैत्री, युवामैत्री स्थानीय शासनको वकालत सहीत दक्षिण एसियामा नै नमुना बालिका सिकाई तथा स्रोत केन्द्र देवचुलीको वडा नंं. १० मा निर्माण गरिरहेको छ ।



सम्बन्धित
Loading...